विदेश

फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शक्तिशाली भूकम्प

एजेन्सी –फिजीमा शक्तिशाली भूकम्प गएको छ । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ ६.७  रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।  

 

स्थानीय समयानुसार उक्त भूकम्प आइतबार राति ८ः२५ बजे गएको थियो । फिजीका सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय र भौतिक क्षति भएको छैन ।  यस्तै भूकम्प पछि सुनामीको चेतावनी समेत दिइएको छैन । 


 

विशेष