News

 कृषि मन्त्रालयले काम गरेन त्यसैले खारेज गरौं : सांसद त्रिपाठी

 कृषि मन्त्रालयले काम गरेन त्यसैले खारेज गरौं : सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् ।

 

 

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको कामै नभएको र यसले तामझामबाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाए ।


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा सो मन्त्रालय रहेको बताए । 


कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै उनले मन्त्रालयका पदाधिकारी नै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरेको अरोप लगाए ।

 

सांसद त्रिपाठीले चिनीले उपभोक्तालाई पारेर प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यकता पनि औल्याए ।

विशेष