१२ वर्षीया गर्भवती गंगामाया चेपाङ अस्पतालमा
हेटौँडा । गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उनलाई अस्पताल लगिएको छ ।
प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । गोरखापत्र दैनिकबाट