सुर्खेतमा शरीर जोडिएका बालिकाको जन्म
सुर्खेत । सुर्खेतमा आपसमा शरीर जोडिएका दुई बालिका जन्मिएका छन् ।
वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले ती दुई बालिकालाई जन्म दिएकी हुन् ।
२८ वर्षीया ललिताको अपरेशनमार्फत ती बच्चा निकालिएको बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले जानकारी दिएका छन्।
बालिकाको तौल ३ किलो ६ सय ग्राम छ । शल्यक्रिया गरेर जुम्ल्याहा बालिका निकालिएको अस्पतालले जनाएको छ । डाक्टर केसीका अनुसार यो समस्या जटिल समस्या भएको भएपनि बच्चाको अबस्था सामान्य रहेको छ ।