News

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिने

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने भएको छ ।

 

 

सिक्टा सिँचाइ आयोजना कार्यालय बाँकेले सम्झौताअनुसार काम नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न गरेको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

 

 

कोस्टाल पप्पु जेभीले २० जुन २०१६ मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर डुडुवा शाखा नहर बनाउने ठेक्का पाएको थियो ।

 

 

ठेक्का सम्झौताको अवधि सकिँदा बल्ल ७ प्रतिशतमात्र काम गरेपछि आयोजनाले गत कात्तिक २९ मा पप्पुसितको ठेक्का सम्झौता तोडिएको जनाएको थियो ।

 

 

आयोजनाको सिफारिससँगै सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कन्स्ट्रक्सनको तीनकुनेस्थित कार्यालयमा ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधाररप्रमाण भए खुलाई सम्बद्ध कागपत्रसहित लिखित स्पष्टीकरण पेस गर्न माग गर्दै पत्र पठाएको थियो । तर पप्पुले पत्र बुझ्न नमानेपछि कार्यालयमा फिर्ता आएको छ । कान्तिपुर दैनिकबाट

पप्पु कन्स्ट्रक्सन सार्वजनिक खरिद अनुगमन कार्यालय

विशेष