विदेश

अस्पतालमा गोलीबारी हुँदा चिकित्सकसहित ४ को मृत्यु

अस्पतालमा गोलीबारी हुँदा चिकित्सकसहित ४ को मृत्यु

अमेरिका । अमेरिकाको सिकागो राज्यस्थित ‘सिकागो मर्सी अस्पताल’ मा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।

 

 

मृत्यु हुनेमा डाक्टर, फार्मासुटिकल सहयोगी, प्रहरी अधिरकारी र बन्दुकधारी आंफै रहेको बताइएको छ ।

 

 

प्रहरीका अनुसार बन्दुकधारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने यकिन भएको छैन ।

 

 

एक प्रहरीको भने उनले बोकेको बन्दुकले गोली रोकेका कारण ज्यान जोगिएको बताइएको छ ।

 

 

बन्दुकधारीले किन गोलीबारी गरे भन्ने खुलेको छैन । प्रहरीले बन्दुकधारीले आफू प्रेम सम्बन्धमा रहेको युवतीलाई लक्षित गरेर गोली चलाएको हुनसक्ने अनुमान गरेपनि त्यो पुष्टि नभइसकेको जानकारी दिएको छ ।

 

 

गोलीबारीको समयमा अस्पतालमा उपस्थित बिरामीका आफन्तका अनुसार प्रहरीको सुझबुझका कारण धेरैजनाको ज्यान जोगिएको हो । -बीबीसी

चिकित्सक अमेरिका

विशेष