News

प्रधानमन्त्रीले बोलाए विज्ञ समुहको बैठक

प्रधानमन्त्रीले बोलाए विज्ञ समुहको बैठक

काठमाडौं ।  विज्ञ समुह थिंक ट्याङ्कको बैठक आज सिंहदरबारमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सरकारले गरेका पछिल्ला निर्णयसँगै आगामी दिनमा अख्तियारी गर्ने रणनीतिका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

 

सरकारको काम कारवाहीलाई लिएर जनतामा निराशा देखिएको समयमा बस्न लागेको यो बैठकले केहि हदसम्म समाधान गर्न सक्ने अनुमान समेत गरिएको छ । 

ठूला नीतिगत निर्णय तथा अनुसन्धानमा सरकारलाई सघाउन गठन भएको विज्ञ समूहको बैठक भने प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् । प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव सहित सरकारको आगामी कार्यदिशा तय गर्ने मुख्य उद्देश्यसहित बैठक बोलाएको सचिवालयले जनाएको छ । वर्तमान सरकारको कामकारवाहीलाई लिएर जनतामा उत्साह भन्दा निराशा थपिदै गएको पाईन्छ । पछिल्लो समयमा सरकारको कार्यशैलीप्रति जनताले निराशाबोध गरेको पाईन्छ । 


प्राध्यापक डा. चैतन्य मिश्रको संयोजकत्वमा गठित समुहमा डा. मीना आचार्य, प्राध्यापक डा राजेन्द्रध्वज जोशी, प्राध्यापक डा सुरेन्द्र लाल र डा. गणेशमान गुरुङ सदस्य रहेका छन्  । 

विशेष