News प्रदेश ७

एसएमएसबाटै प्रसूति सेवा

एसएमएसबाटै प्रसूति सेवा

बैतडी  । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । 

 

 

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिए ।

 

 

जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उनले बताए ।

 

गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताए । 

 

 

पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताए । 

एसएमएस बैतडी प्रसूति सेवा

विशेष