विदेश

ग्वाटेमालामा ज्वालामुखी विस्फोट

ग्वाटेमालामा ज्वालामुखी विस्फोट


एजेन्सी । ग्वाटेमालाको दक्षिणी शहर एन्टिगुवा नजिकै ज्वालामुखी विस्फोट भएको छ  ।

  विस्फोट पछी शहरमा रहेका ४ हजार बढी मानिसहरु वस्ति छोडेर भागेका छन् । ज्वालामुखी विस्फोट संगै निस्किएको लाभा र खरानी पहाडबाट तलतिर बग्न शुरु गरेपछी स्थानीय सुरक्षित स्थान तर्फ भागेका हुन् । उनीहरु शहर देखि बाहिर रहेको खेल रंगशालामा आश्रय लिइरहेको समाचार छ ।

 

स्थानीय अग्नी नियन्त्रण कार्यालयका अधिकारीहरुले स्थानीयलाइ ज्वालामुखी प्रभावित क्षेत्रबाट अन्यत्र जान सघाइरहेका छन् । ६ महिना अघी गत जुन महिनामा पनि त्यहाँ त्यसैगरी ज्वालामुखी विस्फोट भएको थियो । ज्वालामुखीबाट निस्किएको लाभा र खरानीको थुप्रोले त्यतिबेला २ सय जना स्थानीय पुरिएका थिए ।

 

फ्युगो पहाडमा भएको ज्वालामुखी विस्फोट पछी पहाडको केन्द्रबाट निस्किएको लाभा र खरानी १ किलोमिटर उचाइ सम्म पुगेको छ । फ्युगो ल्याटिन अमेरिकी क्षेत्रको निकै सक्रिय ज्वालामुखी पहाड मध्यको एक पहाड हो ।

ज्वालामुखी

विशेष