News

जिल्ला न्यायाधीवक्ता निरौला घुससहित पक्राउ

जिल्ला न्यायाधीवक्ता निरौला घुससहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरी निरौलालाई घुससहित पक्राउ गरेको छ । 

 

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। 

अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुसवापतको रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।


 

विशेष