अर्थ News

भारतीयको सहयोगमा अहिलेसम्मकै ठूलो निर्माण उपकरण प्रदर्शनी हुँदै

भारतीयको सहयोगमा अहिलेसम्मकै ठूलो निर्माण उपकरण प्रदर्शनी हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ को आयोजनाको लागि भारतीय उद्योग परिसंघ (सीआईआई) ले तयारीलाई तिव्रता दिएको छ । 

 

प्रदर्शनी भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउण्डमा मंसिर ६ देखि ८ गतेसम्म हुनेछ । तीन दिने उक्त प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

 


यो प्रदर्शनीलाई ४ हजार भन्दा बढी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससागको सहकार्यमा आयोजना हुन लागेको हो ।

 

 

प्रदर्शनी एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफियर्ससागको परामर्शमा आयोजना हुने छ । जसमा नेपाल निर्माण व्यवसायी महासंघको सहयोग रहेको छ भने भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन यस प्रदर्शनीको सेक्टर पार्टनरको रूपमा रहेको छ ।

 

 

भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक २०१८ नेपालको पूर्वाधार क्षेत्रको तिव्र विकासका लागि ठूलो अवसर हुने आयोजकले अपेक्षा रखेको छ । 

 

 

यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामग्रीहरु एकै स्थानमाप्रदर्शीत गर्ने एउटा वलियो प्लेटफर्मको रुपमा लिइएको छ ।

 

नेपालले कुशल जनशक्तिको ठूलो कमी सामना गरिरहेको अवस्थामा यो प्रदर्शनीले निर्माण ब्यवसायीलाई हाल अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्य लिएको छ । 

 

प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गर्ने तालिका छ। नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरी विशेष आत्थ्यिमा हुने उक्त प्रर्दशनीमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्थाहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उक्त प्रदलर्शनीमा उपस्थिति रहने बताइएको छ । 
 

उपकरण प्रदर्शनी

विशेष