News

पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा रोक

पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा रोक

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो ।

 

पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ ।

 

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित भएकाले सबभन्दा कम रकम कबुल गरेपनि ठेक्का दिने निर्णय गरेको थिएन । 


बरु निर्णय फिर्ता गरिदिन माग गर्दै दसैंअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाए पनि अझै निर्णय हुन सकेको छैन । कान्तिपुर दैनिकबाट

पप्पु कन्स्ट्रक्सन

विशेष