News

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

 

आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो । 

 

ठेकेदार कम्पनी ईटालियन को-अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी ले भुकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर एक अर्ब ६५ करोड क्षतिपूर्ति दाबी गरेको थियो । 

 

आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार सोही विवाद समाधान गर्न बनेको समितिले १ अर्ब ६५ करोडको सट्टा ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तान गर्ने निर्णय गरेको हो । नागरिक दैनिकबाट
 

मेलम्ची खानेपानी आयोजना ठेकेदार कम्पनी

विशेष