News

कोरला नाकामा चीनले भवन बनाउँदै 

कोरला नाकामा चीनले भवन बनाउँदै 

काठमाडौं । मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पूर्वाधार निर्माण अघि बढाएको छ । 

 

नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै चीनले करोडौं लगानीमा पूर्वाधार बनाउन लागेको हो । 

 

 

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ । आगामी दिनमा नाका सञ्चालन गर्ने उद्देश्यले भवनलगायत पूर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । नागरिक दैनिकबाट 

मुस्ताङ कोरला नाका

विशेष