News प्रदेश ७

खप्तडको विकासका लागि पाँच करोड विनियोजन

खप्तडको विकासका लागि पाँच करोड विनियोजन

डोटी । भू-स्वर्गको उपमा माएको खप्तड राष्ट्रिय निकुञ्जको विकासका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको हो।

 

 

बोर्डको बैठकले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले जानकारी दिए । 

 

 

उनकाअनुसार पर्यटकको सुविधाका लागि डोटीको धिग्रानामा रहेको बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालयमा १ सय जना अट्ने भवन तथा खाना खानका लागि भान्सा घर निर्माण गरिने छ । 

 

 

बोड सदस्य महराले बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकले सास्ती खेप्नु परिरहेकोले बास बस्ने घर र भान्सा घर निर्माण गर्न लागिएको बताए ।

 

 

 गएको वर्ष २० हजार आन्तरिक पर्यटकले भ्रमण गरेको खप्तडमा गासबासको उचित व्यवस्था भए आउँदो वर्ष ५० हजारभन्दा बढीले भ्रमण गर्ने पर्यटन बोर्डका सदस्य महराले दाबी गरे । 
ब्लक

खप्तड राष्ट्रिय निकुञ्ज

विशेष