News

कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौं ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । 

 

 

कोषले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ ।

 

 

कोषको भाखा नाघेको कर्जा उठन बाँकी २७ करोड पाँच लाख ६४ हजार ५ सय ७९ रुपैयाँ रहेको छ । सो कर्जा नतिर्नेलाई सो कानूनी गर्ने प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले  बताए । 

 

 

कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ लगानी गरेको छ । त्यसमध्ये चार अरब २२ करोड सात लाख ४१ हजार १ सय ४ रुपैयाँ लगानीमा रहेको छ ।

 

 

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।

 

 

आर्थिकरूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, घाइते तथा शहीद परिवार एवं परम्परागतरूपबाट पिछडिएका जातजाति र वर्गलाई तालीम र कर्जाको पहुँचमा विशेष प्राथमिकता दिई स्वरोजगार हुने अवसर प्रदान गर्ने कोषको प्रमुख लक्ष्य रहेको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष कालो सूची

विशेष