News

चार महिनामा ७० कर्मचारी अख्तियारको फन्दामा

चार महिनामा ७० कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टाचार र अनियमितता भने झन् मौलाएर गएको छ । 

 


घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्ने सरकारी कर्मचारीको संख्या वृद्धि भएको छ भने नीतिगत भ्रष्टाचार पनि उस्तै मौलाएर गएको छ ।

 


चालू आर्थिक वर्षको अन्त्य १ साउनयता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा झन्डै ६ दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

 

 

यसरी पक्राउ पर्नेहरू सरकारी तल्लो तहका कर्मचारीदेखि उपसचिव तथा नेपाल प्रहरीका डीएसपीसम्मका रहेका छन् ।

 

 

अख्तियारले मंगलबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख उपन्यायाधिवक्ता कोषहरी निरौलालाई ८० हजार रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

 

 

अख्तियारका प्रवक्ता दंगालले आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उनलाई नियन्त्रणमा लिएको बताए ।

 

 

अख्तियारको टोलीले आइतबार पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई लाख रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

 

 

प्रवक्ता दंगालका अनुसार उनले नेपालबाट उत्पादित पान मसालाजन्य पदार्थहरू विभिन्न ठाउँमा पठाउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिएका थिए । राजधानी दैनिकबाट

 

घुस कर्मचारी भ्रष्टाचार र अनियमितता

विशेष