भरुवा बन्दुकसहित एकजना पक्राउ

सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो ।
बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उनले बताए ।
पक्राउ भरुवा बन्दुक