News प्रदेश ६

कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा

कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ । प्रतिष्ठानले आफ्नो  गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ ।

 

 

‘हामीले सयौं बिरामी आईसीयू अभावका कारण जुम्लाबाट बाहिर पठाउने गछौं, धेरै बिरामी बाहिर जानबाट रोक्न तथा सेवा सुविधाका लागि आईसीयू सेवा शुरु गरेका छौं’, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

 

 

रजिष्ट्रार काफ्लेका अनुसार अब विशेष प्रकारका बिरामीलाई आईसीयू अभावमा रिफर गर्नुपर्ने अवस्था छैन् । धेरै जनशक्ति आवश्यक पर्ने र धेरै महंगा उपकरण आवश्यक रहने आईसीयूको तयारी भईसकेको उनले जानकारी दिए ।

 

 

यसैगरी प्रतिष्ठानको आफ्नै ब्लड बैंक, सिटीस्क्यान सेवा पनि मंसिर महिनामा शुरु हुने भएको छ । अब प्रतिष्ठानले ल्याबका सम्पूर्ण परीक्षण पनि यही गर्ने दाबी गरेको छ । ल्याबका सम्पूर्ण सामग्रीहरु आइसकेका प्रतिष्ठानले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आईसीयू सेवा

विशेष