उपचारका लागि मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि शुक्रबार थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् ।
दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका सहयोगीले बताए ।
यसअघि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराएको भएपनि रोग पत्ता लाग्न सकेको थिएन ।
कात्तिक २४ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार निजी खर्चमा हुने छ ।
मुख्यमन्त्री शेरधन राई थाइल्याण्ड