विदेश

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ५० जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ । राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको हो ।

 

यस्तै, मब आक्रमणबाट ६० जना घाइते भएका छन् । यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो ।

 

एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए । यो आक्रमणको तत्काल कुनै पनि संगठनले जिम्मा नलिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अफगानिस्तान आत्मघाती बम आक्रमण

विशेष