News

२० दिनदेखि स्वास्थ्य सहायक नै बेपत्ता, बिरामी मारमा

२० दिनदेखि स्वास्थ्य सहायक नै बेपत्ता, बिरामी मारमा

गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । 

 

 

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए ।

 

उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताए । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचार सेवा प्रभावित भएको छ’ पौडेलले भने । 
 

महोत्तरी

विशेष