News

हुसेनको हत्यापछि दुहबीमा प्रदर्शन 

हुसेनको हत्यापछि दुहबीमा प्रदर्शन 

मोरङ —  सुनसरीको दुहबीमा स्थानीय जय बाबा ईँटा उद्योगमा कार्यरत मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।

 

विरोधको क्रममा स्थानीयबासीले दुहबी बजार स्थित सडकमा टायर बालेर आन्दोलन गरेका छन्। स्थानीयबासीले हत्यारा तत्काल पत्ता लगाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् ।    
धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र तनावग्रस्त भएपछि उक्त क्षेत्रमा हाल प्रहरीको बाक्लो उपस्थिति देखिएको छ ।


दुहबी नगरपालिका–९ घर भएका हुसेन बिहान हिँड्न निस्केका बेला उनलाई पछाडीबाट मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । घाइते हुसेनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले बताएको छ । 
 

विशेष