विदेश मुख्य समाचार

इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम चयन

इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम चयन

काठमाडौं । इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ–याङ नियुक्त भएका छन् । किमलाई इन्टरपोलका १९४ सदस्य राष्ट्रका सदस्यको दुबईमा भएको बैठकले किमलाई इन्टरपोलको अध्यक्षमा चयन गरेको हो ।

 

बैठकले अध्यक्षका प्रत्यासी रुसी एलेक्सान्डर प्रोकाप्चुकलाई अस्वीकार गरेको छ । उनीमाथि इन्टरपोलको एरेस्ट वारेन्ट सम्बन्धी नियमको दुरुपयोग गरेको आरोप लागेको थियो ।

उनले जित्ने आँकलन गरिएको थियो । तर उनले पद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हितमा प्रयोग गर्न सक्ने आशंका गरिएपछि किम विजयी भएका हुन् । अमेरिकाको सिनेटरको एक ग्रुपले प्रोकाप्चुकलाई इन्टरपोलको अध्यक्षमा नियुक्त गर्नु ‘कुखुराको खोरमा ब्वासो झिराउनु जस्तै हुने’ भन्दै आलोचना गरेको थियो ।

यसअघिका इन्टरपोलका अध्यक्ष मिङ होङवेइलाई चीनले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनले आफ्ना गोप्य सूचना चुहाएको आरोपमा इन्टरपोलका पूर्व अध्यक्ष मिङ होङवेइलाई गएको सेप्टेम्बरको अन्तमा चीन भ्रमणका गएको बेला पक्राउ गरेको थियो ।

विशेष