News खेल

 सहिद स्मारक ए डिभिजन लिग : मनाङद्धारा  थ्रीस्टार पराजित

 सहिद स्मारक ए डिभिजन लिग : मनाङद्धारा  थ्रीस्टार पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले  थ्रीस्टार क्लबलाई हराएको छ । निक्कै प्रतिस्पर्धात्मक खेलमा मर्स्याङ्दी क्लबले  थ्रीस्टार क्लबलाई २–१ गोल अन्तरले हराएको हो । 

 

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउने क्रममा अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले गोल गरे । खेलको ११ औं मिनेटमा मनाङका लागि हेमन गुरुङको पासमा अञ्जन विष्टले गोल गरे । लगत्तै मनाङले खेलको १८ औं मिनेटमा अर्को गोल ग¥यो । मनाङका लागि दोस्रो गोल विदेशी खेलाडी आडीजेलेले गरे । त्यसपछि पहिलो हाफमा दुवैपक्षबाट कुनै गोल हुन सकेन । 

 

खेलको दोस्रो हाफमा केही सुधार गर्ने प्रयास गरे पनि थ्रीस्टारले गोल गर्न भने ८२ मिनेटसम्म कुर्नप¥यो । ८२ औं मिनेटमा थ्रीस्टारले पेनाल्टी पायो ।  रञ्जित धिमालले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेललाई २—१ मा ल्याए । आफ्ना प्रमुख चार खेलाडीलाई बेन्चमा राखेको मनाङमाथि हावी हुनसक्दा थ्रीस्टारले खेल गुमाउन पुग्यो । 

 

यो सँगै जारी लिगमा यो थ्रीस्टारको पहिलो हार हो । यो जितसँगै मनाङले तीन खेलबाट नौ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थान बसेको छ ।  पराजित थ्रीस्टारले भने ६ अंक जोडेको छ ।

विशेष