News प्रदेश ४

बन्चरो प्रहार गरी ९० वर्षीया आमाको हत्या

बन्चरो प्रहार गरी ९० वर्षीया आमाको हत्या

बागलुङ । बागलुङको दक्षिण जैमिनी नगरपालिका–१० राङखानीमाका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफनै आमाको हत्या गरेका छन् । 

 


राङखानी देवलधाराका ६० वर्षीय कर्णबहादुर श्रीसले ९० वर्षीया वृद्धा आमा हरिकला श्रीसको बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

मंगलबार राति हत्या गरेका कर्णबहादुरले बुधबार कुश्मिसेरा प्रहरी चौकीमा आई आत्मसर्मपण गरेका छन् । आमाले सधै गालि गरेकोले हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 

 

 

मृतकको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालनरसिंह रानाले बताए । श्रीषको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

 

 

परिवारमा श्रीमती र छोरी सहित आफ्नो आमासँग बस्दै आएका कर्णबहादुर केही समय पहिले श्रीमती अर्कैसँग गएपछि तनावमा रहेको स्थानीयको भनाई छ । श्रीसले केही दिन अघि मात्रै बागलुङमा रहेको भारतीय पेन्सन क्याम्पबाट पैसा बुझेका थिए ।

 

 

पैसाकै विषयमा विवादा हुँदा आमाको हत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट 

बागलुङ

विशेष