News

बाटोमा दिसा गर्ने ६ जना पक्राउ

बाटोमा दिसा गर्ने ६ जना पक्राउ

गौशाला । प्रहरीले बिहीबार बिहान बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ । 

 

बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका ६ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

 


पक्राऊ परेका व्यक्तिबाट जनही पाँच सयका दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ ।

 

प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् । 

गौशाला खुल्ला दिसामुक्त

विशेष