चामल किन्न १० दिन पैदल

मुगु । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर ५ दिनपछि गमगढी आइपुगिन् ।
गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर पुग्न उनलाई थप ५ दिन लाग्छ । उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी ५ क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन् ।
यी दुईमात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन पैदल हिंडेरै गमगढी आइपुग्छन् ।
मुगुबाट दुःख कष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूले सुनाए । मुगु सदरमुकाम आएर चामल लिनुको उनीहरूलाई विकल्प छैन ।
स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो । स्थानीयलाई सिमकोट पुग्न तीन दिन लाग्छ तर त्यहाँ पनि चामल नपाइँदा अधिकांश उपभोक्ता मुगु आउनैपर्छ ।
गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँ पुग्दा २ सयसम्म पर्ने स्थानीयले बताए । कान्तिपुर दैनिकबाट
मुगु चामल