News

टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना

टेलिफोनबाटै त्रिवि परीक्षाको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । 

 

विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

विशेष