News

निर्मलाका बुबाको स्वास्थय अवस्था बिग्रिदै, चिकित्सकको टोली पुगे धर्नास्थलमा 

निर्मलाका बुबाको स्वास्थय अवस्था बिग्रिदै, चिकित्सकको टोली पुगे धर्नास्थलमा 

काठमाडौं ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञरााज पन्तको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ ।

 

 

छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुबा शाररीरक अवस्थासँगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।  

यज्ञराज रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न गरेको स्थानीयवासीले बताएका छन् । 

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकहरु पन्तको उपचारको लागि धर्नास्थलमा पुगेका छन् । 

उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि पन्तलाई काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

१० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।
 

विशेष