News

 पूर्वप्रधानन्यायाधीश गिरीको निधन

 पूर्वप्रधानन्यायाधीश गिरीको निधन

काठमाडौं ।  पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको नर्भिक अस्पतालमा निधन भएको छ। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

 

दमका कारण स्वास्थ्य समस्या आएपछि उनी एक सता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनको नर्भिकको सिसियु कक्षमा राखेर उपचार गरिएको थियो । गिरीका दुई श्रीमति, १ छोरी र ४ छोरा छन्।

 

 

उनी २०६४ साल असोज १८ देखि ०६६ साल बैशाख  २४ गते सम्म प्रधानन्यायाधीश थिए। त्यसअघि उनी सर्वोच्च अदालतकै न्यायाधीश थिए।गिरीको निधनमा आइतबार सर्वोच्च अदालत बन्द रहनेछ ।

विशेष