News

छुट्टाछुट्टै दुर्घटनामा परी काभ्रेमा १८ जना घाइते

छुट्टाछुट्टै दुर्घटनामा परी काभ्रेमा १८ जना घाइते

बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

 

नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिदा घाइते मध्ये १० जना उपचारपश्चात् घर फर्किसकेका र बाँकी सातको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको छ ।

 

यसैबीच शुक्रबार दिउँसो धुलिखेल नगरपालिका–४, स्थित मिरावेल चोकमा बनेपातर्फ गइरहेको बा९१प ३९२५ नंको स्कुटीलाई सोही दिशातर्फ गइरहेको बा८९प ८५६७ नंको स्कुटीले ठक्कर दिँदा बा९१ प ३९२५ नंको स्कुटीमा सवार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ बस्ने २६ वर्षीया सम्झना कोर्जु घाइते भएको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोक दुर्घटना

विशेष