News

८८ किलो सुन बोक्ने भरियालाई जेलसहित ४३ करोड जरिवाना

८८ किलो सुन बोक्ने भरियालाई जेलसहित ४३ करोड जरिवाना

काठमाडौं । तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ । 

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो ।

 

 

पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ र पान वइमिङलाई भने जनी ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित पाँच बर्ष कैद फैसला गरेको छ । 

 

तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सुचना आएको प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिकबाट

भरिया ८८ केजी सुन

विशेष