कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए ।
‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ’ उनले भने ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो ।
बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।
काँग्रेस कार्यसमिति बैठक