News

कर्मचारीको बीमा दोब्बरले वृद्धि, अब सबै स्थानीय तहमा रोजगार केन्द्र 

कर्मचारीको बीमा दोब्बरले वृद्धि, अब सबै स्थानीय तहमा रोजगार केन्द्र 

काठमाडौंं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले देशका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयले स्थानीय तहबाटै रोजगारीका लागि आवश्यक प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

 

 

नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को कात्तिक २९ र मंसिर ३ गतेका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

 

यस्तै, राष्ट्रसेवक कर्मचारीको सावधिक बीमा प्रिमियम दोब्बरले वृद्धि गर्ने निर्णय भएको छ । अब राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा आठ सय रुपियाँ हुनेछ ।

 

 

राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गर्दै सरकारले यस्तो निर्णय गरेको हो । 

 


जसअनुसार अब सरकारले चार सय र सम्बन्धित कर्मचारीले चार सय गरी आठ सय रुपियाँ बनाइएको छ । यसअघि सरकारले दुई सय र कर्मचारीले दुई सय गरी जम्मा चार सय रहँदै आएको थियो । गोरखापत्र दैनिकबाट

मन्त्रिपरिषद्को बैठक गोकुलप्रसाद बाँस्कोटा

विशेष