ओम अस्पतालकाे बदमासीः कतारबाट सुटुक्क कोमाका बिरामी ल्याउने गरेको खुलासा
काठमाडौं । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ ।
सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो ।
बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा. भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए ।
चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित नेपाली दूतावासलाई दबाब दिँदै आएको थियो ।
बिरामी ल्याउन आफू तयार भएको भन्दै ओम अस्पतालले गत सेप्टेम्बर १८ मा हमादलाई पत्र पठाएको थियो । तस्वीर र शब्द कान्तिपुर दैनिकबाटै
कतार ओम समाज अस्पताल