News कला साहित्य मनोरञ्जन

शृंखला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा

शृंखला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा

काठमाडौं । मिस नेपाल–२०१८ को शृंखला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी छन् । 

 

चीनको सान्या सहरमा चलिरहेको मिस वल्र्ड –२०१८ प्रतियोगिताको उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । 

उनले आफनो फेसबूक पेजमा भनेकी छिन्, ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु  । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए । नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दछु ।’ 


उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला यसअघिदेखि नै अगाडि छन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् ।

२३ वर्षिय खतिवडा मिस वर्ल्डमा भाग लिन नौ दिनअघि चीन गएकी हुन् । 


नोभेम्बर ९ बाट सुरु भएको मिस वल्र्ड २०१८ प्रतियोगिता आउँदो डिसेम्बर ८ मा अन्तिम प्रतिस्पर्धा हुदैछ ।

 

 


 

विशेष