News खेल

 शहिद स्मारक ए डिभिजन लिग : ब्रिगेड ब्वाइजले हरायो एपीएफलाई

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) लाई पराजित गरेको छ ।

 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बीबीसीले एपीएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । 

पहिलो हाफमा गोल रहित बराबरी सकिएको खेलमा सुरुवती अग्रता भने एपीएफले लियो । खेलको ६० औं मिनेटमा एपीएफका लागि रुप बहादुर लामाले गोल गरे । 


पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए् तर, दोस्रो हाफमा एपीएफले एक गोल गर्दा बीबीसीले तीन गोल गर्‍यो । तर यो अग्रता धेरैबेर  टिक्न सकेन ।

खेलको ६४ औं मिनेटमा बीबीसीका मनोज राईले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।


खेलको ६९औं मिनेटमा नै टाजुडिन अडुलुनीले गोल गर्दै बीबीसीलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ७६औं मिनेटमाकजिम एडलजोकले गोल गर्दै बीबीसीलाई ३–१ गोलको अग्रता दिलाए ।


खेलको ८९औं मिनेटमा एपीएफका विश्वास उदासले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले बीबीसीका खेलाडीलाई खुट्टाले हानेका थिए । योसँगै बीबीसीले लिगमा पहिलो जित दर्ता गरेको छ ।

 

 

यसअघि खेलको दुबै खेलमा बीबीसीले हार व्यहोरेको थियो । बीबीसीसँग पराजित एपीएफको भने यो पहिलो हार हो । एपीएफले यसअघि खेलको दुई खेलमा एक खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो ।

विशेष