News

डडेल्धुरामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

डडेल्धुरामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं ।  डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिदाँ स्थानीय ४० वर्षका दलबहादुर भण्डारीको मृत्यु भएको पोखरा प्रहरी चौकीले जानकारी दिएको छ ।

 

उनलाई बिहीबार साँझ ७ बजे महाकाली यातायातको ना ४ ख ६३८५ नम्बरको बसले ठक्कर दिएको हो । उक्त यात्रुबहाक बस दार्चुलाबाट महेन्द्रनगरको लागि छुटेको थियो । 

विशेष