News विदेश

पाकिस्तानस्थित चिनियाँ दूतावासमा आतंककारी आक्रमण, दुई जनाको मृत्यु  

पाकिस्तानस्थित चिनियाँ दूतावासमा आतंककारी आक्रमण, दुई जनाको मृत्यु  

काठमाडौं । पाकिस्तानको कराँची सहरस्थित  चिनियाँ राजदूतावासमा आतंककारी आक्रमण भएको छ । शुक्रबार बिहान भएको घटनामा परि दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

 

आक्रमणपछि दूतावास भित्र रहेका कर्मचारी र सर्वासधरणलाई तत्काल सुरक्षित स्थानमा लगिएको थियो । 

क्लिफ्टन इलाकामा रहको राजदूतवासमा आतंककारीहरु कारसहित दूतावास परिसरमा पस्ने कोशिश गरेका थिए । तर सुरक्षाकर्मीले उनीहरुलाई रोकेका थिए । त्यसपछि भएको भिडन्तका क्रममा एक आक्रमणकारी मारिएका छन् । 

 

 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार दूतावास नजिकै बिहान साढे ९ बजे गोली चलेको थियो ।  अहिले गोलाबारी रोकिएको बताउँदै पुलिस र रेन्जर्सले त्यस इलाकामा सर्च अप्रेशन चलाइरहेको बताए । 

विशेष