News समाज

अपडेट : राजधानीको तीनकुनेमा युवामािथ खुकुरी प्रहार हुदाँ एकको मृत्यु 

अपडेट : राजधानीको तीनकुनेमा युवामािथ खुकुरी प्रहार हुदाँ एकको मृत्यु 

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा युवामािथ खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बिक्की मगरको मृत्यु भएको छ ।  उनी बानेश्वरस्थित गैरीगाउँ सुकुम्बासी टोलमा बस्दै आएका हुन् ।  

 

 

मगरको सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ । खुकुरी प्रहारबाट अन्दाजी २० वर्षका अनिल श्रेष्ठ घाईते भएका छन् , उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

 

 

 

बानेश्वरका सुकुम्बासी टोलमा दुई समुहबीच ग्याङ फाईट हुदाँ उक्त घटना हुन पुगेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।  घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको बताएको छ । 

 

राजधानीको तीनकुनेमा छुरा प्रहार : दुई युवा घाइते

विशेष