News

युवा नेता चौधरीको गोली हानी हत्या

युवा नेता चौधरीको गोली हानी हत्या

कपिलवस्तु । अज्ञात समूहले गोली प्रहारबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एक जनाको हत्या भएको छ।

 

 

 

स्थानीय तहको निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका शुद्धोधन गाउँपालिका ४ बस्ने ३० वर्षीय दीपेन्द्रबहादुर चौधरी (राजाबाबु) को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं.१ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।

 

 

शुद्धोधन गाउँपालिका ४ मोतीभारीस्थित आफ्नै घर नजिकैको सडकमा शुक्रबार राति उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।नजिकै घर भएका एक व्यक्तिसँग विवाद हुँदा राति झन्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो। 

 

 

 

गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनीस्थित स्थानीय अस्पतालमा उपचार हुन  नसकेपछि थप उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए।

शंकास्पद दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पोख्रेलले जानकारी दिए।

विशेष