News भिडियो

भारतीय दूतावासले आइटेक तथा मौलाना आजाद दिवस मनायो (भिडियोसहित) 

भारतीय दूतावासले आइटेक तथा मौलाना आजाद दिवस मनायो (भिडियोसहित) 

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले मौलाना आजाद दिवस मनाएको छ । भारतीय प्राविधिक तथा आर्थिक सहकार्य आइटेक तथा मौलाना दिवसका अवसरमा आयोजित समारोहका प्रमुख अतिथि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले प्राविधिक शिक्षाबाट राष्ट्रको विकासको सम्भावना उच्च हुने धारणा व्यक्त गरे ।



समारोहमा भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । सो समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

 

आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरुका वरिष्ठ सचिवहरु तथा अधिकारीहरुले पनि उक्त समारोहमा सहभागीता जनाएका थिए ।

 

आइटेक कार्यक्रमअन्र्तगत कम्प्युटर, इन्जिनियरिंङ, सूचना प्रविधि, पत्रकारिता, बैंकिंङ, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवद्र्धन, लेखा तथा वाणिज्यलगायतका विद्याहरुमा प्रशिक्षण दिने गरिन्छ ।

 

 

सो अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुती पनि गरे । नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग बिकासबारे आफ्ना अनुभवहरु साझा गर्नका लागि भारत सरकारको पूर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएको हो ।
 

भारतीय राजदूत मञ्जीव सिंह पुरी

विशेष