News समाज

राष्ट्रपतिकोलागि गाडी किन्न भन्दै युवाहरुले मागे भिख 

राष्ट्रपतिकोलागि गाडी किन्न भन्दै युवाहरुले मागे भिख 

काठमाडौं । युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा  भिख मागेका छन् । 

 

 

 

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोधस्वरुप भिख मागेका हुन् । उनीहरुले एक रुपैयाँ भिख मागेका हुन् । 

 

 

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटप्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि त्यस निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्तः रुपमा युवाहरु भिख माग्ने कार्यक्रमा सहभागी भएका हुन् । 

 

 

 

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधारणसँग एक–एक रुपैयाँ भिख मागेका हुन् । युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

विशेष