News समाज

राजधानीको तीनकुनेमा छुरा प्रहार  : दुई युवा घाइते

राजधानीको तीनकुनेमा छुरा प्रहार  : दुई युवा घाइते

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा युवामािथ छुरा प्रहार भएको छ । छुरा प्रहारबाट दुईजना युवा घाइते भएका छन् । घाईते हुनेमा अनिल श्रेष्ठ रहेका छन् भने अर्का एक घाइते युवाको भने नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएको प्रहरीले बताएको छ ।

 

 

दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ ।  घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

 

 

 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए । बेहोस भएका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो क्षेत्रमा यसअघि पनि सामूहिक झगडा हुने गरेको स्थानीयको भनाई छ ।


 

विशेष