News राजनीति

सरकारले प्रभावकारी र लोकप्रिय काम गर्न सकेन : सांसद पौडेल 

सरकारले प्रभावकारी र लोकप्रिय काम गर्न सकेन : सांसद पौडेल 

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।

 

 

आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता पौडेलले वर्तमान सरकारले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार काम गर्न नसकेको तर काम गर्न नसकी त्यसै मतलबी भएर भने नबसेको बताए ।

 

 

वर्तमान सरकार केहि महिनाको लागि मात्र गठन नभएको बताँउदै उनले भने , ‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नभएको हो । अबको वर्षमा कामले गति लिन्छ । यसका लािग स्वयं   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ ।’

 

 

पौडेलले  सरकारको कामकारबाहीलाई लिएर भएको टिक्कटिप्पण्ीलाई समिक्षा गर्नुपर्ने बताँउदै पौडलले भने ,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर छलफल हुनेछ । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गछौं ।’

 

 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए । ‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर भन्नुभएको छैन ।  गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन् । यस्तो अनावश्यक विषयभन्दा विकास निर्माणको बारेमा बहस गर्नु आवश्यक छ, ’ पौडेलले भने । 

 

उनले  राष्ट्रपति तथा प्रधानमन्त्री जस्ता सम्मानित संस्थालाई बिनाप्रसँग विवादमा तान्न नहुने भन्दै यी संस्थामा सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु अस्वभाविक नहुने बताए ।


 

विशेष