News

राजधानीमै साढे तीन बर्षदेखि पालमा प्रहरी

राजधानीमै साढे तीन बर्षदेखि पालमा प्रहरी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा साढे तीन बर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भईरहेका छन् । 

 

ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् । 

 

२०७२ वैशाखले भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भईरहेका छन् । 

 

टेकुस्थित नेसनल ट्रेनिङ परिसरमा साढे तीन बर्षअघि बनाइएका पाल जीर्ण भईसकेका छन् । कान्तिपुर दैनिकबाट 

महानगरीय प्रहरी परिसर काठमाडौं पालमा प्रहरी

विशेष