News राजनीति

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छः नेता पौडेल

जनसरोकारका आयोजनालाई प्राथमिकता दिनुपर्छः नेता पौडेल

दमौली । व्यास नगरपालिकाको आयोजनामा एकीकृत विकास योजनाको दीर्घकालिन योजना तथा नीति निर्धारणसम्बन्धी दुईदिने कार्यशाला बन्दीपुर–५ ढावमा आइतबारदेखि सुरु भएको छ । 

 

 

गोष्ठीको उद्घाटन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिकाले जनताको सरोकारका विकास आयोजनालाई प्राथमिकता तोकेर विकासका कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

 

 

नेता पौडेलले धार्मिक, कृषि, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । 

 

 

राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शङ्करनारायण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव विश्व वास्तोला र परामर्शदाता योगेशपूर्ण श्रेष्ठले नगरवासीको सरोकारलाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने बताए । 

 

योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, डा. शेषरमण न्यौपाने, अर्थविद् रघुराज काफ्ले, कृषि विज्ञ भैरवराज कैनी र पर्यटनविद् हरिसिंह गुरुङले दीर्घकालिन सोच निर्धारण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सोमबारसम्म चल्नेछ । 

रामचन्द्र पौडेल दमौली

विशेष