राष्ट्रपतिलाई गाडी किन्न भीख माग्न थाले युवा
काठमाडौं । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् ।
सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्।
संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन्।
यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए। यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनार्इ छ।
सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन्। भिख माग्ने कार्यक्रममा करिब दुई सय युवा सहभागी भएको ढकालको भनार्इ छ। अन्नपूर्ण पोष्टबाट।
भीख