राष्ट्रपति भण्डारीका छोरीहरुको जुत्तासमेत सेनाले बोक्नु पर्छ
राष्ट्रपतिका १३ काण्ड
१) प्रहरी तालिम प्रतिष्ठान विस्थापित गरेर राष्ट्रपति कार्यालय विस्तार गर्न र हेलिप्याड निर्माण गर्न सरकारमाथि दबाब । २१ भदौ ०७५ मा मन्त्रिपरिषद्द्वारा प्रहरी प्रतिष्ठान पनौती सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने निर्णय ।
२) ६५ लाखको विद्युतीय सवारी खरिद गरेको केही समय नबित्दै सेनामार्फत बुलेटप्रुफ गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा गर्न सरकारमाथि दबाब ।
३) २ असोज ०७५ मा दसैं टीका लगाउन औपचारिक आह्वान, राजकीय ठाँटबाँटका साथ टीका कार्यक्रम । विवादास्पद पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलगायत २ सय जतिलाई घुँडा टेकाएर, एक हजार जति जनालाई झुकाएर टीका प्रदान
४) दोस्रो कार्यकालका लागि चुनिएपछि विवादास्पद तथा पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीबाट ३० फागुन ०७४ मा सपथ ग्रहण
५) ३ फागुन २०७४ मा संघीय संसद् गठन हुनुअघि नै संविधानको धारा ७६ को उपधारा १ लाई उपेक्षा गरेर प्रधानमन्त्री ओलीलाई नियुक्ति
६) तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा मनोनीतका लागि गरेको सिफारिस रद्दीमा मिल्काउँदै ८ फागुन ०७४ मा प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर । त्यसमा आफ्नै स्वकीय सचिव विमला पौडेलको मनोनयन ।
७) तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणीकरणका लागि पठाएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश दुई महिना बिनाऔचित्य रोकेर सार्बजनिक दबाबपछि जस्ताको तस्तै प्रमाणीकरण ।
८) ६ कार्तिक ०७३ मा मन्दिर दर्शनका लागि सप्तरीको छिन्नमस्ता जाँदा छोरीहरु उषाकिरण र निशाकुशुमका जुता बोकाउन सेनाका जवान प्रयोग ।
९) सवारीका नाममा राष्ट्रपति शीतलनिवासबाट बाहिरिँदा हरेक पटक ५–६ घन्टा सवारी जाम, त्यसबाट जनसाधारणलाई सास्ती ।
१०) धर्मनिरपेक्ष देशकी राष्ट्रपतिबाट बारम्बार विगतका राजाले झैं मठमन्दिर दर्शन तथा धर्मकर्ममा विशेष रुझान ।
११) अन्तिम राजा ज्ञानेन्द्रका नातिको व्रतबन्धमा राष्ट्रपतिको अनौठो सहभागिता, छोरी निशाकुशुमको विवाहमा उसैगरी पूर्वराजाको हसभागिता, राष्ट्रपति–ज्ञानेन्द्रबीच अस्वाभाविक आउजाउ ।
१२) १५ जेठ ०७५ मा संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस गर्दा सभामुख र संसदलाई गरेको ठाडो सम्बोधनको सर्वत्र आलोचना ।
१३) कुनै पनि विषयमा विज्ञता हासिल नगरेका र आफूनिकट कार्यकर्तालाई विज्ञ–सल्लाहकारका नाममा नियुक्ति । सुरक्षा सल्लाहकारमा राप्रपा अध्यक्ष कमल थापाको प्रस्तावमा दाजु तथा अवकाशप्राप्त सैनिक अधिकारी नेत्र थापाको नियुक्ति ।
नेपाल साप्ताहिकबाट ।